झ्याउरे छन्द कविता लेखन पुनर्जागरण अभियान र काव्य घर नेपाल मिडियाले छन्द दिवसकाे अवसर पारेर दुई दिने फेसबुकको जुम मार्फत नियमित मासिक ‘झ्याउरे कविता वाचन’ भएको छ।
प्रमुख अतिथि डा. बमवहादुर थापा जिताली, भारतबाट विशेष अतिथि प्राडा सत्यप्रकाश तिवारी नेपालका विभिन्न ठाउँबाट विदेशका विभिन्न मुलुकबाट बाक्लो उपस्थितिमा कार्यक्रममा भएको थियो।
कार्यक्रममा विभिन्न जिल्ला प्रतिनिधि अभियन्ताहरूको उपस्थिति थियो। उपस्थित सबैले छन्द दिवसको शुभकामना र नयाँ वर्ष २०८२ सालको शुभकामना समेत व्यक्त गर्दै सिर्जना वाचेका थिए।
आयोजक संस्थाका अध्यक्ष तथा झ्याउरे छन्द कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई ‘मञ्जरी’ ले संयोजन तथा सञ्चालन गरेकी गरेकाे दुई दिनको झ्याउरे कवि गोष्ठीमा लक्ष्मीमा ज्ञवाली पाल्पा, गोपालप्रसाद दाहाल झापा, तीला लेकाली मोरङ, ललिता दोषी काठमाडौं, सुमिता पौडेल भक्तपुर, केशवराज पन्त, रणबहादुर बुढाथोकी, चन्द्रा न्यौपाने, इन्दु पन्त, काठमाडौं, शर्मा ललिता नेपालगञ्ज, उत्तम भट्टराई दर्शन, काभ्रे प्रेमप्रसाद भट्टराई कतार, आकाश अधिकारी, तनहुँ, चन्द्रमण अधिकारी तनहुँ र जानुका भट्टराई चितवन लगायतले सिर्जना वाचेका थिए।
विशेष अतिथि भारतबाट डा. सत्यप्रकाश तिवारीले ‘मञ्जरी’ खण्डकाव्यबाट नेपाली भाषामा झ्याउरे छन्दल सुन्दर रूपमा वाचन गर्दै भारतमा पनि झ्याउरे विस्तार अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि डा. बमबहादुर थापा जितालीले नेपाली साहित्यको मौलिक धरोहर लोकसाहित्य झ्याउरेबारे बोल्दै यसको विकासमा महाकवि देवकोटाको अतुलनीय योगदानको गरेका थिए। झ्याउरे छन्दलाई अब छन्ददिवसको विशेष दिनकाे रूपमा मनाउनुपर्नेमा समेत जोड दिंदै हाम्रो नेपाली मौलिक मुटुको स्पन्दन झ्याउरेलाई एउटै डालोमा हालेर हेरिएकाले अब यसका हाँगा छुट्याउने बेला आएको बताए।
हाम्रा झ्याउरे र झाम्रेलाई, झ्याउरे लोकगीतमा राखिएको बताए। साथै देवकोटाले थालेकाे झ्याउरे कविता लेखन अभियानलाई अहिले रेणुका भट्टराईले पुनर्जागरण ल्याएकामा शुभकामना दिँदै सबैले झ्याउरेलाई विश्वमा लैजाने अभियानमा साथ दिन पनि अनुरोध गर्दै महाकवि देवकोटाबारे रचना समेत वाचेका थिए।
यो अभियान निरन्तर विभिन्न कार्यक्रम, कृति प्रकाशन तथा सामाजिक सञ्जालमार्फत दैनिक रूपमा चलिरहेको छ। यो अभियानले नेपाली मौलिक लोकसाहित्यको जर्गेनामा समेत टेवा पु¥याउने कार्य समेत गरिरहेको छ।
प्रकाशित: १० वैशाख २०८२ १२:३६ बुधबार





