१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजले गर्‍याे पर्या तथा सम्पदा कवि गोष्ठी

नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उदघाटन भएको छ। ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे।

उनले २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण गरेकोमा अहिले तीन जनाले विद्यावारिधिसमेत गरिसकेको बताए। सोही अवसरमा ‘स्रष्टा दर्पण’ को ३० अङ्कको विमोचन गरिएको थियो।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा  भएको समारोहमा सङ्ग्रहालयका प्रमुख मन्जु भण्डारी थापा, संरक्षक पवन आलोक, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना र विश्वविमोहन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

उक्त समारोहमा पर्या तथा सम्पदा कविगोष्ठीको आयोजना गरिएको थियो। गोष्ठीमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, भारती न्यौपाने, सीता कणेल, जीवनाथ पोखरेल, डा.हिमलाल श्रेष्ठ, बुद्धिमान मर्हजन र राजेशमान केसीले कविता वाचन गरेका थिए।

नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बर्द्धन तथा विकासमा योगदान पुर्‍याउने उद्देश्यले २०६४ पुस १६ गते समाजकाे स्थापना भएको थियाे।

नेपाल स्रष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन पुस १४ गते युवा कवि देवु लुइँटेललाई प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८० प्रदान गरिने भएको छ।

उक्त कार्यक्रम काठमाडौ, बानेश्वर शङ्खमुलस्थित अवरनेश इन्टर्नेशनल एकेडेमीमा दिउँसो २.३० बजेदेखि वरिष्ठ कवि मञ्जुलकाे प्रमुख आतिथ्यमा सम्पन्न हुने भएकाे छ।

तेस्रो दिन पुस १५ गते दिउँसो २ बजे प्राडा माधव पोखरेल प्रमुख आतिथ्यमा निबन्ध गोष्ठी हुँदैछ।

पुस १६ गते प्राडा अभि सुवेदी प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठान दिउँसो १ बजेदेखि कार्यक्रम हुने भएकाे छ। साे दिन सत्रौं वार्षिक सभा तथा २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई अर्पण समारोह गरिने भएको छ।

नियमित कार्यक्रम अन्तर्गत पाँचाै दिन पुस १७ गते दिउँसो १२.३० बजेदेखि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्रेस काउन्सिल नेपालको सभाकक्षमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी हुने भएकाे छ।

त्यस्तै छैटाैं दिन पुस १८ गते दिउँसाे १ बजेदेखि बाैद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्थीहरूकाे अन्तर्क्रिया हुने भएकाे छ।

पुस १९ गते  साप्ताहिक कार्यक्रको समीक्षासहित स्रष्टा समाज नेपालकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन दिउँसो ३ बजे वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख अतिथ्यमा सम्पन्न हुने भएको छ।

प्रकाशित: १४ पुस २०८० ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App