२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपालीदर्शकलाई नचाएका छन्।

शनिवार साँझ ह्यारोलेजर सेन्टरमा आयोजित कार्यक्रममा मह जोडीले बेलायतका दर्शककै लागि भनेर तयार गरेका नयाँ प्याकेज प्रस्तुत गरेका थिए।

प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गलबेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराको भूमिकामा थिए भने मदन कृष्ण बाबुको भूमिकामा। मदनकृष्णले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ती आफूले कमाइ दिएको बताउंदै गर्दा ‘छोरा’ हरिवंशले भ्रष्टाचारको पैसा आफूलाई नचाहिने बरु बाबुलाई नै जेल पठाउने चेतवानी दिए।

विगत ४५ वर्षदेखि जोडी बनाएर काम गरिरहेका महले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मा दिवंगत राजा वीरेन्द्रदेखि टिकटकका मालिकको जिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए।

७३ वर्षको उमेरमा पनि सक्रिय रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ’फुलबुट्टेसारी’  गीतगाउन थाले पछिदर्शकहरु स्टेज नजिकैगएर नाचेका थिए। 

त्यस्तै चर्चित कलाकार हरिवंश आचार्यले ‘साझाबसमा जो पनि चढ्दछ’ लगायतकागीत सुनाए।

चर्चित कलाकार प्रकाश सपूतले ‘डांडा घरेसाइँली,’ फूलमाया लगायताका चर्चितगीतहरु गाएर दर्शकलाई नचाएका थिए।

कार्यक्रममा मदन कृष्णका छोरा यमन श्रेष्ठले ‘यमन मेरो नाउँ’ लगायतका गीत सुनाए भने छोरी सरना श्रेष्ठले ‘पानी छायाँ’ गीत गाउँदा मदन कृष्णले पनि साथ दिए। बेलायतमा बसोबास गर्ने गायिकाशर्मिला बर्देवा लगायतकाकलाकारले पनि रोचकप्रस्तुति दिएका थिए।

प्रकाशित: ९ पुस २०८० ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App