१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

गायक सुनिल दवाडी र विशाखा शाहीको ‘गुँडैले चरी’ सार्वजनिक

गायक सुनिल दवाडी र विशाखा शाहीको ‘गुँडैले चरी’ बोलको गित सार्वजनिक भएको छ।  

डीपी खनालको शब्द तथा सुनिल दवाडीको सङ्गीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन्।  

गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको छ। फराज अर्पणको निर्देशन रहेको भिडियोलाई विशाल थापाले खिचेका हुन्। गितको भिडियोलाई फराज अर्पणले सम्पादन तथा रङ संयोजन गरेका छन्। इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गितहरू बजारमा ल्याइसकेका छन् ।

प्रकाशित: २२ भाद्र २०८० ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App