१२ असार २०८१ बुधबार
image/svg+xml
कला

शाहरूखको फिल्म 'जवान' आजदेखि प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।

शाहरूख खानको फिल्म 'जवान' ले मल्टिप्लेक्स हलमा उच्च शो पाउनुको साथै अग्रिम बुकिङमा पनि आक्रमक देखिएको छ। धेरै थिएटर बाहिर दीपावली जस्तो वातावरण छ। मानिसहरु पटका पड्काएर हर्षोल्लास मनाइरहेका छन्। फ्यानहरुले शाहरुखको यो फिल्मलाई ब्लकबस्टर भनेका छन्।

भारतमा 'जवान' को साढे सात लाख बढी अग्रिम टिकट बिक्री भएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

प्रकाशित: २१ भाद्र २०८० ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App