१२ असार २०८१ बुधबार
image/svg+xml
कला

टोकियोमा नेपथ्यले सम्झियो कोशीको पानी

तस्बिर: दिपित राज न्यौपाने/नेपालय

जापानमा बसोबास गर्दै आइरहेका नेपालीहरुलाई नेपथ्यले कोशीको पानी सम्झाइदिएको छ। जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्न पुगेकाे नेपथ्यले मंगलबार टोकियोमा कन्सर्ट गरेको छ।  

'कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर आमाको कोखमा बासमात्रै लिए नि कुन देशको मरन हौ हजुर' यसरी स्वदेश सम्झाउने गीत गाएर नेपथ्यले कोशीको पानी सम्झाइदिएको थियाे।

त्यसपछि  भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है, मै नाचे छमछमी, रेशम, तालको पानी रातो र चन्द्र सुर्य लगायतका गीत गाएर नेपथ्यले दर्शकहरुलाई झुम्माएको थियो।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको अब आगामी प्रस्तुती १२ अगस्टमा फुकुओका सहरमा हुँदैछ। 

प्रकाशित: २५ श्रावण २०८० ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App