६ माघ २०८२ मंगलबार
image/svg+xml
कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन हुने धादिङमा भएको छ ।महाधिवेशन  फागुन १२ देखि १४ गतेसम्म धादिङको धादिङवेशीमा हुने छ।  

लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षे बिजीले भने,‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो । यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति, भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ।त्यस्तै मध्ये एक लोक तथा दोहोरी गीत हो ।’ विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्था हो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल भएको पनि उनले बताए।

अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन्।

प्रतिष्ठानका महासचिब सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ। प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको पनि उनले बताए। यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन्।

निवर्तमान अध्यक्ष बद्री पँगेनीले प्रतिष्ठानले देश बिदेशमा रहेका नेपाली लोक गायन क्षेत्रका कलाकारलाई समेटेर लोक संगीतको विकाशमा ठुलो योगदान पु¥याएको बताए।  

प्रकाशित: १० फाल्गुन २०७९ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App