२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

धरान वडा २ मा एमाले र वडा ३ मा गठबन्धन विजयी

धरान वडा २ मा वडाअध्यक्षमा विजयी रमेश राई, वडा ३ मा गठबन्धनबाट विजयी वडाअध्यक्ष विद्या शाक्य। तस्बिर: रोहित राई

धरान उपमहानगरपालिकाको वडा नं २ मा वडाअध्यक्षमाएमालेका रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउदा प्रतिद्वान्दी लिम्बुले ६२७ मत मात्र पाए।  

यसपाली वडा २ मा एमालेले अध्यक्ष र एक खुला सदस्य पनि जितेको छ। एमालेबाट सदस्यमा समिर राईले ६६० मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन्।

कांग्रेसबाट दलित महिला सदस्यमा बुनुशंकर ६८० मत पाएर विजयी भएकी छिन्। महिला खुला सदस्यमा कांग्रेसबाट सन्ध्या श्रेष्ठ ६८४ र दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा भने वडा २ मा कांग्रेसले प्यानलै जितेको थियो।

यसैगरि, वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ। गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरे। विजयी शाक्यले १०४२ मत पाए भने पराजित पाख्रिनले ६२५ मत पाए।

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १०४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत पाइन्। खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९९९ मत ल्याएर विजयी भए। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा वडा ३ मा एमालेको प्यानलै विजयी भएको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App