७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

सुर्खेतका १४ वडाको मत परिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश राजधानी सुर्खेतका ९९ वडा मध्ये हालसम्म १४ वडाको मतपरिणाम सार्वजनिक भएको छ। नतिजा सार्वजनिक भएका १४ वडा मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले ६–६ वडामा जीत हात पारेका छन् भने माओवादी केन्द्रले दुई वटा वडा जितेको छ।  

नौ स्थानीय तह मध्ये सिम्ताको एक मतदान केन्द्रमा विवाद हुँदा वैशाख ३० गते निर्वाचन हुन सकेको थिएन्। यहाँ सोमबार निर्वाचन हुँदैछ। बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ।  

एमाले गुर्भाकोट नगरपालिका वडा नं. १ र १४ मा विजयी भएको छ। गुर्भाकोट–१ मा एमालेका रामबहादुर शाही विजयी भए। उनले ६७९ मत ल्याए। गुर्भाकोट–१४ मा एमालेका चन्द्रबहादुर घर्ती विजयी भएका छन्। यो वडामा यसअघिको निर्वाचन कांग्रेसले जितेको थियो। चिंगाड गाउँपालिका–१ मा एमाले विजयी भएको छ। यहाँ एमालेका टेकबहादुर रजालीले ६८२ मत ल्याएर विजयी भए।

यस्तै प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका–१६ मा पनि एमाले विजयी भएको छ। एमालेका डण्डबहादुर विकले कांग्रेसका पूर्णप्रसाद ढकाललाई पराजित गरे। विकले ६०८ मत ल्याउँदा प्रतिद्वन्द्वी ढकालले ५८३ मत ल्याए। बराहताल गाउँपालिका–२ मा एमालेका भिम साउँद विजयी भए। साउँदले ६५६ मत ल्याउँदा प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिलबहादुर नेपालीले ४४५ मत ल्याए। 

पञ्चपुरी नगरपालिका–१ मा पनि एमाले विजयी भएको छ। एमालेका कर्णबहादुर थापाले ४७९ मत ल्याएर विजयी भए।  कांग्रेस भेरीगंगा नगरपालिका–१ मा विजयी भएको छ। वडा नं. १ मा कांग्रेसका दिनेश पुलामी विजयी भए। 

यहाँ अघिल्लो निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो। पञ्चपुरीका ११ मध्ये चार वडाको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएका चार वडा मध्ये तीनमा कांग्रेस विजयी भएको छ। पञ्चपुरी–२ मा कांग्रेसका यामबहादुर विसी निर्वाचित भए। वडा नं. १० म हरि ढकाल विजयी भ एभने वडा नं. ११ मा धनबहादुर माझी अध्यक्षमा निर्वाचित भए।

यस्तै चौकुने गाउँपालिकाका दुई वडाको नतिजा सार्वजनिक भएको छ। दुबैमा कांग्रेस विजयी भएको छ। वडा नं. १ मा जिरक बढुवाल विजयी भए। उनले एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर वडाध्यक्षमा विजयी भए। वडा नं. २ मा मायाराम जैसी निर्वाचित भएका छन्। उनी अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष थिए।

माओवादी केन्द्रलले हालसम्म सुर्खेतमा दुई वटा वडामा जीत हात पारेको छ। माओवादी भेरीगंगा नगरपालिका–२ मा विजयी भएको छ। यहाँ माओवादी केन्द्रका चिरञ्जीवी बुढा विजयी भए। यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो। यस्तै बराहताल गाउँपालिका–१ मा माओवादीको पूरै प्यानल विजयी भएको छ। माओवादी केन्द्रका बमबहादुर बढुवाल विजयी भए। यो वडा अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App