२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

जीवित देवी कुमारी आर्यताराबाट दर्शन प्रदान

जीवित देवी कुमारीद्वारा औपचारिक रूपमा सर्वसाधारणलाई आजदेखि दर्शन प्रदान भएको छ। कुमारी आर्यताराले बसन्तपुरस्थित कुमारीघरमा सर्वसाधारणलाई दर्शन दिने कार्यसूचीअनुसार दर्शनको व्यवस्था प्रवन्ध गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।  

यस वर्षको दसैँ कोजाग्रत पूर्णिमाका दिन सम्पन्न गरिएपछि कुमारी घरमा नित्य पूजा सञ्चालन गरी कुमारीबाट  सर्वसाधारणलाई दर्शनको व्यवस्था गरिएको हो । दर्शनका लागि स्वदेशी भक्तजन तथा विदेशी पर्यटक समेतको सहभागिता थियो। कुमारीबाट आशीर्वाद लिने क्रममा भक्तजनको विशेष घुइँचो लागेको थियो।  

करिब एक साता अगाडि कुमारी घोषित आर्यताराले काठमाडौँमा गरिने विभिन्न जात्रा, पर्व, साँस्कृतिक कार्यक्रममा राजकीय भूमिका निर्वाह गर्छिन्।  

यही असोज १६ गते विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप कुमारीबाट टीका र जमरा सर्वसाधारणलाई कोजाग्रत पूर्णिमासम्म लगाइएको थियो। कुमारीलाई विशिष्ट शक्ति प्राप्त गर्न नवरात्रिको दिन तलेजु भवानीको दर्शन गराइएको थियो। कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा पूजाआजा गरिन्छ।

कुमारीको दर्शन गर्नाले भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। हिन्दु र बौद्ध अनुयायीले कुमारीलाई साझा संस्कृतिका रूपमा आस्था प्रकट गर्ने गर्दछन्।रासस

प्रकाशित: २२ आश्विन २०८२ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App