१४ आश्विन २०८३ बुधबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य बढ्यो

बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ८०० रुपैयाँले बढेर दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ। 

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: १४ आश्विन २०८३ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App