२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
बजार

एशियन थाई फुड्सको “Devil’s Hot Chicken Noodles” सोमबारदेखि बजारमा

पाँच वर्षदेखि नेपालको सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता बनेको एशियन थाई फुड्सले नयाँ उत्पादन “Devil’s Hot Chicken Noodles” सार्वजनिक गरेको छ । 

भदौ १६ बाट देशैभर बिक्री सुरु गरिने यो नुडल्स कम्पनीको बहुप्रतीक्षित मसालेदार उत्पादन हो, जुन ३० भन्दा बढी देशमा निर्यात हुने लक्ष्य लिएको छ । “नेपालकै सबैभन्दा मिठो स्वादा यो डेभिलीसिअस छ” भन्ने ट्यागलाइनसहित बजारमा आएको यो नुडल्सलाई सन्तुलित मसाला र तीव्र स्वादको मिश्रण बनाइएको कम्पनीले जनाएको छ । प्रति प्याकेट रु ५० पर्ने नुडल्सको पाँच प्याकेटको फ्यामिली प्याक रु २५० मा उपलब्ध हुनेछ ।

कम्पनीका निर्देशक आशिष जाजुले नयाँ नुडल्सबारे भने, “यो केवल तत्काल नुडल्स होइन, यो त स्वादप्रेमीहरूका लागि एउटा च्यालेञ्ज हो ।” व्यवस्थापकीय निर्देशक महेश जाजुका अनुसार, कम्पनीले निजी लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण गर्दै आईपीओ तयारी गरिरहेको छ, र यो उत्पादन नवप्रवर्तनप्रतिको प्रतिबद्धताको प्रतिफल हो । 

Devil’s Hot Chicken Noodles मा चकलेट वेफर पनि समावेश गरिएको छ, जसले तातो र मसालेदार स्वादपछि मिठास थप्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । उक्त नुडल्स भाटभटेनी सुपरमार्केटलगायतका प्रमुख खुद्रा पसलहरू र दराज जस्ता अनलाइन प्लेटफर्महरूमार्फत नेपालभरका प्रमुख शहरहरूमा उपलब्ध हुने छ । 

२५ वर्षभन्दा लामो इतिहास बोकेको एशियन थाई फुड्सले आफ्नो निर्यात अनुभव र उच्च गुणस्तरको उत्पादन मार्फत नेपाली र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बनाउँदै आएको छ । कम्पनीले भविष्यमा पनि प्रामाणिक एशियाली स्वादलाई नवप्रवर्तनसहित अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित: १५ भाद्र २०८२ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App