झापााबाट ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा बुधबार राति ९ बजेतिर लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णुप्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधि फेला परेको हो।
उक्त घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३०००,डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोडका गंगाबहादुर खड्का हुन्। खड्का मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ श्रावण २०८२ १०:५० बिहीबार





