२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

इन्द्रचोकको सुन पसल लुटपाट गर्ने दुईजना पक्राउ

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन्।  

काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

 लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी पसिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो।  

उनीहरुबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र  एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

 उनीहरुले गत पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ।  

निजमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App