१३ भाद्र २०८३ शनिबार
image/svg+xml
अपराध

यी हुन् बाढीले बगाएको सेफ फोडेर ९२ लाखभन्दा बढी पैसा चोर्ने २९ जना (नामसहित)

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फोडेर चोरी गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-४ बेलखुखोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको सेफ तोडफोड गरी नगद चोरी गरिएको थियो।

प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App