२३ आश्विन २०८२ बिहीबार
image/svg+xml २:५९ पूर्वाह्न
अपराध

सिरहामा ठूलो परिमाणको गाँजासहित नौ जना पक्राउ

फाइल तस्बिर

सिरहाको औरही गाउँपालिका-४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान ४ बजे विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु र खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेको बताए।

भरियामा गोलबजार नगरपालिका-१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा छन्। रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका-३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका-१ मक्सारकै ३२ वर्षीय जीवछ साह छन्।

यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत-१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी छन्। चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक शर्माका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैचामा लुकाइएको थियो। सुरुमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई सोधपुछ गर्दा बाँकी समूह गाँजासहित फेला परेको हो। पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८२ १८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App