२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

जुवातास खेलिरहेका २९ जना पक्राउ

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो। 

प्रहरीले उनीहरूको साथबाट नगद रु ९५ हजार ५००, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ।

 जुवातास खेलिरहेका १० पक्राउ

पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन्।  

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो।रासस

प्रकाशित: २३ वैशाख २०८३ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App