७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

पत्नीको खराब व्यवहारले हत्या, अभियुक्त पक्राउ

आफ्नै पत्नीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन्। शनिबार राति पत्नी लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए। 

‘प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि पति पत्नीबीच बोलचाल नभएको थाहा भएको छ,’ उनले भने, ‘पति लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा पत्नीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ।’ रासस

प्रकाशित: ९ असार २०८२ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App