२ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजना नियन्त्रणमा

इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट हिजो (आइतबार) सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएकाहरूमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ को रवि कुमार छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका मालासहित नियन्त्रणमा लिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सामान बरामद पश्चात् सुनचाँदी व्यवसायी संघ विर्तामोड झापामा ल्याएर परीक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ। उक्त परिमाणको चाँदी तथा सुनको जलप लगाएको गहना कहाँबाट के प्रयोजनका लागि ल्याइएको भनेर खुल्न नसकेको उनले बताए।

प्रकाशित: २ असार २०८२ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App