२ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

बेरोजगारलाई विदेश पठाउने नाममा २६ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ। 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको झुटो आश्वासन दिई विभिन्न देशमा पठाइदिने भन्दै रकम असुली गरेर सम्पर्कविहीन भएका उनीहरूलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो।  

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थायी ठेगाना भएकी ३५ वर्षीया दीपा शर्मा र झापाको भद्रपुर नगरपालिका–४ स्थायी ठेगाना भएका २७ वर्षीय बृजेश सुवेदी छन्। 

शर्माले क्यानडा पठाइदिने भन्दै एक पीडितबाट २३ लाख ५० हजार र सुवेदीले युके पठाइदिने प्रलोभनमा एक पीडितबाट २ लाख ५० हजार रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।

शर्मालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ बाट गरिएको थियो भने सुवेदीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शर्माविरुद्धको मुद्दा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली र सुवेदीविरुद्धको मुद्दा वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

प्रकाशित: १ असार २०८२ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App