३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–१० बैदी ६६ वर्षीय वृद्ध जमिल अहमद जागालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो।  

बनखेतवा नालामा बाख्रा चराउन गएको बेला गत वैशाख १६ गते आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई जागाले जबरजस्ती करणी गरेको पीडितको आरोप छ। पीडितका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले जागालाई नियन्त्रणमा लिएको हो।  

जागालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरि इप्रका मोतिपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।

प्रकाशित: २७ जेष्ठ २०८२ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App