नगर प्रहरी कार्यालय वीरेन्द्रनगरबाट खटिएको टोलीले ट्रमाडोल ट्याब्लेट नामक लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिका –४ यरीचोक रमेश बहादुर शाहीले संचालन गरेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध बरामद गरेको हो ।
प्रहरीले फार्मेसीमा शंका मानेर चेकजाँच गर्दा फार्मेसीको भित्री कोठामा राखेको लागुऔषध ट्रमाडोल २ सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट ४ सय १० ओटा बरामद गरेको छ ।
फार्मेसी संचालकसहित स्थानीय २५ वर्षका हिक्मतजंग शाही, २५ वर्षीय प्रलाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
नियन्त्रणमा रहेका तिनै जनालाई थप अनुसन्धान भईरहेको बुढथापाले बताए ।
प्रकाशित: १८ जेष्ठ २०८२ १६:०९ आइतबार





