२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

लागु औषध खैरो हेरोईनसहित दुई जना पक्राउ

कैलालीबाट लागु औषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उप(महानगरपालिका वडा नं. १३ राजपुरबाट ८ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा नवलपरासी पालिनन्दन गाउँपालिका वडा नं. ०४ का २८ वर्षीय अंकित कुमार निगम बानियाँ र बाजुरा त्रिबेणी नगरपालिका वडा नं। ०८ का २५ वर्षीय मेकेन्द्र गिरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए । 

प्रहरीले उनीहरु सवार लुपप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । 

प्रकाशित: ५ वैशाख २०८२ १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App