१० चैत्र २०८१ आइतबार
image/svg+xml
अपराध

सोरुम फुटाएर कार र ल्यापटप चोरी गर्ने एक जना पक्राउ

विराटनगर महानगरपालिका–३ स्थित पूजा इन्टरनेशनल नेपालको सोरुम फुटाएर एउटा कार र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोरुम फुटाएर फोक्स बगान कम्पनीको बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार  र एक थान ल्यापटप चोरी भएको मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहानको करिब २ बजेतिरको घटना भए पनि प्रहरी कहाँ शुक्रबार बिहान ९ बजेतिरमात्र खबर आएको उनले बताए ।

प्रहरीले चोरीमा संलग्न सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई कारसहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक ओलीले भने, ‘सोरुमबाट कार चोरी गरेर भाग्ने क्रममा दिउँसो साढे १२ बजेतिर सुनसरीको गढी गाउँपालिका–४ स्थित इक्राहीबाट सुनसरीकै भोक्राहातर्फ जाँदै गरेको कारलाई रोकेर प्रारम्भिक अनुसन्धान गर्दा चोरी गरेको कार भएको पुष्टि भएको थियो । कारको पछाडिको सिटमा ल्यापटपसमेत फेला परेको थियो ।’

उक्त कारको मूल्य ८० लाखभन्दा बढी छ । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको प्रहरी निरीक्षक ओलीले बताए । कारसहित पक्राउ परेका बिनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २ फाल्गुन २०८१ १९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App