चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सुनौलीबाट काठमाडौँ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बसबाट उक्त परिमाणमा लागुऔषध बरामद गरेको हो । बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।
प्रकाशित: २२ पुस २०८१ १८:०३ सोमबार