श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ पछिल्लो समय सात मुलुकमा लागू गरेको निःशुल्क टिकट र भिसाका कारण विवादित छन्। उनले यो निर्णय गरिब जनता र देशको हितमा गरेको बताइरहेका छन्। तर सम्बन्धित देशहरुसँग श्रम सम्झौता नगरी मन्त्रीस्तरीय रुपमा गरिएको यो निर्णयलाई म्यानपावर व्यवसायीहरुले चर्को विरोध गर्दै अाएका छन्। यही सेरोफेरोमा राज्यमन्त्री गुरुङ र नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बिमल ढकालसँग कुराकानी गरेर यो पटकको नागरिक सो तयार पारिएको छ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।