४ आश्विन २०७७ आइतबार
भिडियो

'दुई तिहाईको सरकार भएपनि केही काम गर्न सकेन'

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी गरेका छन्।

महामन्त्री कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति समेत जनाएका छन्। प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक श्री–जी’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले काँग्रेसले समृद्धिका लागि आधार तयार पारेपनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए।

महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको माग चित्र अनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। आगामी महाधिवेशनपछि काँग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने उनको दावी थियो। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २ असार २०७६ २२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App