राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तोसिमा कार्कीले समानुपातिक बन्द सूचीमा नाम परेका व्यक्तिहरूलाई उक्त सूचीबाट नाम हटाएर प्रत्यक्ष चुनाव लड्न आह्वान गरेकी छन्।
उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछि परेका सक्षम नागरिकलाई प्रतिनिधित्व गराउनु भएको भन्दै पार्टीमा आफन्त तथा उच्च पदका व्यक्तिहरू नै समानुपातिक सूचीमा देखिनु यसको मर्म विपरीत भएको बताएकी छिन्।
कार्कीले पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’ मा रहने बताएकी छिन्। नेतृत्व लिन प्रत्यक्ष निर्वाचनको विकल्प नभएको र प्रतिस्पर्धामा आउनुपर्ने बताएकी हुन्।
प्रकाशित: १६ पुस २०८२ ०८:१० बुधबार




-600x400.jpg)
