८ वैशाख २०८१ शनिबार
भिडियो

न्यायलय सुधार हुञ्छ: प्रधान न्यायाधीश

काठमाडौं – न्यायापालिका  कानुनको अन्तिम ब्याख्या गर्ने निकाय भएपनि कार्य सम्पादनमा हुने ढिला सुस्तीका कारण भने आलोचित हुदै आएको छ । विधिको शासन, प्रभावकारी न्याय, सक्षम सुलभ र पहुँचयोग्य बनाउदै जनआस्थामा आधारित न्यायको कल्पना गरिपनि सेवाग्राहीले भने त्यस्तो अनुभूति पाउन सकेका छैनन् । राजधानीमा बुधवार देखि सुरु भएको न्यायाधीसहरुको तेस्रो सम्मेलनमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाले न्यायालय भित्र रहेका यस्ता विकृतिलाई निराकरण गर्ने प्रतिवद्वता जनाए । 

 

एकातिर न्यायालयको सेवा प्रभावकारी हुन नसकेको भन्दै आलोचित बनि रहेका वेला अर्को तर्फ न्यायालयमा नागरिकहरुको पहुच समेत सहज प्रभावकारी रुपमा पुग्न सकेको छैन । अहिले पनि १५ प्रतिशत जनताले मात्र न्यायालयमा सेवा लिने गरेका छन् । वेला वेला, राजनीतिक खिचातानिको शिकारमा न्यायालय पर्ने भएकाले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस प्रतिको जनविश्वासमा कमि देखिएको हो । कहिले प्रधानन्यायाधिस होस् या न्यायाधिस नियुक्ती । राजनीतिक आडमा न्यायालयलाई प्रभाव पार्न खोजिएको आरोप समेत लाग्ने गरेको छ । जसका कारण पनि न्यायालय आलोचित हुने गरेको यसका जानकार बताउछन् । 

विकृत र विसंगती अन्त्य भएको न्यायपालिकाको परिकल्पना गरिएपनि त्यसो हुन सकि रहेको छैन । अहिले न्यायलयमा जनआस्था कसरी बनाउने भन्ने मुख्य ठूलो समस्या छ । त्यसैले न्यायालय भित्रको विकृति र विसंगति अन्त्य गदै न्यायालय प्रतिको जनविश्वास वढाउन आबश्यक देखिन्छ । 

प्रकाशित: २० चैत्र २०७५ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App