३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एकीकरणपछि नाम जसपा: अध्यक्ष उपेन्द्र, संरक्षक महन्थ

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबीच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।  

समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेलसम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

दुवै पार्टीको भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरु जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख छ ।  

फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहने समेत सहमति भएको छ । त्यस्तै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने विषय पनि सहमतिपत्रमा उल्लेख छ ।

 

प्रकाशित: २७ पुस २०८२ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App