६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

विशेष मञ्चमा अर्जुननरसिंहः ५०० र हजारको नोटबन्दी गर्नुपर्छ

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले ५०० र हजारका नोटबन्दी गर्नुपर्ने बताएका छन्। आइतबार कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै केसीले यस्तो बताएका हुन्।  

‘अहिलेसम्म भएका चर्चित भ्रष्टाचार कान्डहरू नेपाली कांग्रेसकै नेतृत्वमा पूर्व न्यायाधीशको अगुवाइमा आयोग बनाएर निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ,’ केसीले भने,‘मैले पहिलेदेखि भन्दै आएको ५०० र एक हजारका नोट बन्दी गरेर नेपाली जनतालाई भन्नुपर्छ।’

यस्तै विदेशी बैंकमा रहेका रकम वैध हो कि अवैध? पत्ता लगाउनुपर्ने उनले बताए।  

प्रकाशित: २७ पुस २०८२ १७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App