साउथ अफ्रिका अपराजित रहँदै आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा साउथ अफ्रिकाले यूएईलाई ६ विकेटले पराजित गर्यो ।
समूह डीमा रहेको साउथ अफ्रिकाले समूह चरणको पहिलो खेलमा क्यानाडालाई ५७ रनले, दोस्रो खेलमा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा र तेस्रो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो ।
सबै चार खेलमा जित निकालेको साउथ अफ्रिकाको ८ अंक भएको छ। सोही समूहबाट न्युजिल्यान्ड पनि ६ अंकसहित सुपर ८ मा पुगेको छ । अफगानिस्तान, यूएई र क्यानाडा समूह चरणबाटै बाहिरिएका छन् । यद्यपि अफगानिस्तान र क्यानाडाले आपसमा खेल्न बाँकी छ।
सुपर-८ को आफ्नो पहिलो खेलमा साउथ अफ्रिकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: ६ फाल्गुन २०८२ १६:४६ बुधबार





