२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

निर्वाचनमा पनि ‘आ बाट आमा’को कमाइ उल्लेख्य, राजेश हमालको ‘प्रवासीको जीवन’ ओझेलमा

सिनेमा घरमा प्रदर्शनरत कतिपय चलचित्रले निर्वाचनको कारण  स्थगित गरेपनि यी चार चलचित्रले भने प्रदर्शन स्थगित नगरी जारी राखेका थिए। चार चलचित्र मध्ये चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’  यस बर्षमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।  

चलचित्र विकास बोर्डले गत शनिाबारसम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार चलचित्रले १२ करोड ६६ लाख ९० हजार रुपैयाँ ग्रस कमाइ गरेको छ। जसमा चलचित्रको ४ लाख ८२ हजारभन्दा बढी टिकट बिक्री भएको छ।

यस्तै, फागुन १५ गतेदेखि प्रदर्शनमा आएको अभिनेता राजेश हमालको चलचित्र प्रवासी जीवनको कमाइ कमजोर देखिएको छ। चलचित्रले प्रदर्शनको ९ दिनमा बक्स अफिसमा एक लाख ३८ हजार रुपैयाँ मात्र ग्रस कमाएको हो। जसको ५०९ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यो  चलचित्र धेरै हलबाट उत्रिसकेको अवस्था छ।

माघ २३ गतेदेखि प्रदर्शनमा आएको आना शर्माको मुख्य भूमिकामा बनेको चलचित्र ‘रमिताको पिरती’ ले ३० लाख १३ हजार आठ सयको व्यापार गरेको छ। जसको नौ हजार पाँच सय ४३ वटा टिकट बिक्री भएको छ।

यस्तै, माघ २४ गतेदेखि प्रदर्शनरत दिनेश राउतले निर्देशनमा बनेको  चलचित्र ‘कुमारी’ ले सोही अवधिमा ६५ लाखको व्यापार गरेको छ । चलचित्रले २० हजार दुई सय २७ वटा टिकट बिक्री गरेको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App