२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अपराध

श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

कैलालीमा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नं. ०७ देवरीया बस्ने बर्ष ३५ को डम्मर राज जोशी रहेका छन्।  

जोशीले आइतबार राती अन्दाजी राती १२ः४५ बजेको समयमा ३० वर्षीय श्रीमती सरस्वती अबस्थी जोशीको धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए। सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हत्या गरेर फरार रहेका जोशीलाई ढकेरी शम्सेरगंजबाट खटिएको प्रहरी टोलीले बांके राप्ति सोनारी गाँउपालिकास्थित ओभरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जनाए।

प्रकाशित: २५ फाल्गुन २०८२ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App