२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

दोलखामा समानुपातिकमा पनि पहिलो भयो रास्वपा

दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ। आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ।  

एमाले पार्टीले १५ हजार ८०२ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो। त्यसैगरी, नेपाली कांग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ। कांग्रेसले ११ हजार ५५५ मत प्राप्त गरेको छ। चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (तारा) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो।  

त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न)ले चार हजार १५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न)ले एक हजार ४९८ मत प्राप्त गरेको छ।  

प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत  ल्याएर निर्वाचित भएका छन्। दोस्रो बनेका नेकपा (एमाले)का पार्वत गुरुङले १७ हजार ४४९ मत पाए।

प्रकाशित: २५ फाल्गुन २०८२ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App