२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

धनगढीमा रास्वपाको लहर, आँखाले भ्याएसम्म समर्थक

सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिएको छ।

बुधबार आयोजित परिवर्तन उद्घोष सभामा पार्टीका समर्थक र सर्वसाधारणको उल्लेखिय उपस्थिति रह्यो। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा मानिसहरू धनगढी ओर्लिएका थिए।

कार्यक्रम स्थल मात्र होइन, वरपरका सडक र घरका छतहरू समेत समर्थकहरूले भरिभराउ देखिन्थे।

पार्टी सभापति रवि लामिछानेले जनसागर देखेपछि उत्साहित हुँदै भने, ‘सुदूरपश्चिमले आज परिवर्तनको स्पष्ट संकेत दिएको छ। यो उपस्थिति केवल भिड होइन, यो पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ आशाको प्रमाण हो।’

हेर्नुहोस् तस्बिरहरु।

थप तस्बिरहरु।

प्रकाशित: ६ फाल्गुन २०८२ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App