१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भिडियो

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए। 

महासभाको ७८ औँ सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायको मुद्दा छिटै टुङ्ग्याउने तथा गम्भीर प्रकृतिका मानवअधिकार उलंघनमा संलग्न कसैलाई पनि आममाफी नदिइने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरे। यो आफैमा उनको महत्त्वपूर्ण घोषणा थियो।

त्यसपछि प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन पुगे। दुई देशका प्रतिनिधि मण्डल स्तरीय वार्तामा नेपाल र चीनबिच विभिन्न विषयमा सम्झौता पनि भए। नेपाल र चीनबिच निर्माण हुने अन्तर्देशीय प्रसारण लाइन तीमध्ये महत्त्वपूर्ण सम्झौताको रूपमा लिइएको छ।  

प्रधानमन्त्री दाहाल नेपाल फर्किए लगत्तै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले चार दिने नेपाल भ्रमण गरिन्। उनको भ्रमणका क्रममा एमसिसी परियोजना कार्यान्वयन सुरु भएको खुसीयालीमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रधानमन्त्री दाहालले भारतको औपचारिक भ्रमण सम्पन्न गरेको केही समयको अन्तरालमा अमेरिका तथा चीनको भ्रमण सम्पन्न गर्नु तथा अमेरिकी आर्थिक सहयोगमा सञ्चालन हुन लागेको एमसिसी परियोजनालाई अघि बढाउने प्रतिबद्धता जनाउनुलाई  बिज्ञहरुले प्रधानमन्त्री दाहालको भारत,अमेरिका र चीनसँग सन्तुलित सम्बन्ध राख्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।  

‘नागरिक दृष्टिकोण’को यो संस्करणमा हामीले उल्लेखित विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। हेर्नुस् नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिका सम्पादक कोषराज कोइरालाबीच भएको छलफल।

प्रकाशित: १९ आश्विन २०८० ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App