झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे मतदानकाे मतगणना सुरू भएकाे छ।
रास्वपाका देवराज पाठक ८ हजार ९ सय ३३ मतका साथ अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका योगेन्द्र चौधरी २ हजार ६ सय ४० मतका साथ दोस्रो स्थानमा छन् ।
मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ ।
प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेका छन्।
हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे निर्वाचनकाे मतगणना ३. ३० सुरू हुने भएकाे छ।
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन्।
धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् ।
नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काकाे निर्वाचन क्षेत्र सुर्खेत-१ काे सुरुवातदेखि नै कांग्रेसले अग्रता लिइरहेकाे छ।
डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा सर्वदलीय बैठक सम्पन्न भएकाे छ।