फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा

तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।