२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

गुगलको डुडल बनाउने रेयान

गुगलको 'डुडल'बारे हामी सबैलाई थाहा छ । तर यो कसले बनाउँछ भन्ने कुरा थाहा नहुन सक्छ । विशेष दिनको अवसरमा गुगलले आफ्नो होम पेजमा सोही दिनलाई प्रतिनिधित्व गर्दै आकर्षक डुडलहरुको डिजाइन गर्दै आएको छ ।

नयाँ वर्ष, क्रिसमस, मदर्स डे इत्यादि दिनमा गुगलको आकर्षक डुडल हेर्न पाइन्छ । तिनै आकर्षक डुडलको डिजाइन रेयान जरमिकके गर्छन् । रेयान डुडल टिमका प्रमुख हुन् । उनीसँगै टिममा १० जना कलाकार, चार जना इन्जिनियर र दुई निर्माता छन् । दुई निर्माताले संसरभरका कर्मचरीसँग समन्वय गर्ने काममात्र गर्छ ।

रेयानको जन्म अमेरिकास्थित इन्डियाना भन्ने ठाउँमा भएको हो । बच्चैदेखि उनको लगाव आर्ट र कमिक्समा थियो । न्युयोर्क आएर उनले रचनात्मक लेखनको तालिम लिए । सन् २००० ताका उनी भारतमा पेन्टिङसमेत सिकेका थिए ।

उनले पहिलो पटक १९९८ मा गुगलका लागि पहिलो डुडल बनाए । जुन डुडल बर्निङ फेस्टिभलमा देखाइएको थियो ।

२००९ सम्म टिम बिनै काम गरेका रेयानले त्यसपछि टिम बनाएर काम गर्न थाले । रेयानको टिमले हरेक वर्ष चार सयभन्दा बढी डुडल बनाउने गर्छन् । रेयानका अनुसार संसारभरि काम गर्ने करिब सय जना गुगल कर्मचारी डुडलका रियल हिरो हुन् । तिनीहरुले दिएको आइडियालाई उपयोग गर्दै रेयानले डुडल बनाउने गर्छन् । हामीले विशेष पर्व, समारोह वा दिवसका दिन गुगलमा डुडल हेर्न सक्छौं ।

प्रकाशित: ६ जेष्ठ २०७२ २३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App