३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बाबुराम भन्छन्: जनयुद्धको नेतृत्वमा रहन पाएकामा असीम गर्व छ

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र जनयुद्धको नेतृत्वमा रहन पाएकामा असीम गर्व रहेको बताएका छन्। तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र सङ्घर्षकालीन आफ्नो र पत्नी हिसिला यमी लौरी टेकेर हिँडिरहेको भिडिओ फेसबुकमा सेयर गर्दै भट्टराईले यस्तो लेखेका छन्। 

‘उत्तर सिधा छ। र, हामीले सधैँ भन्दै आएका छौँ। र, आजीवन भनिरहनेछौँ–त्यो विश्व क्रान्तिकारी इतिहासको अभिन्न कडी नेपाली सशस्त्र जनयुद्धको नेतृत्व पङ्तिमा रहन पाएकोमा हामीलाई असीम गर्व छ,’ भट्टराईले लेखेका छन्, ‘जसले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यो र संविधानसभामार्फत त्यसलाई संस्थागत गर्‍यो।’ 

त्यसको जगमा टेकेर दश वर्षदेखि बदलिएको युग र देशको आवश्यकताअनुसार नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गरेर देशलाई सुशासन, समृद्धि र समुन्नत समाजवादको दिशामा अघि बढाउन अर्को शान्तिपूर्ण क्रान्तिको मार्गमा हिँडिरहेको उनले दाबी गरेका छन्। जुन संघर्षमा जीवनभर लागिरहने भट्टराईले बताएका छन्। 

प्रकाशित: २६ पुस २०८२ १६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App