ब्रान्डको औपचारिक सुरुवातसँगै स्याउमीको एमआर्ई मोडलको मोबाइल पनि सार्वजनिक भएको छ। एमआर्ई उच्च प्रविधिको स्मार्टफोन हो। यो बुकिङ भएको पहिलो दिनमै दुई हजारभन्दा धेरै बुकिङ भएको मुन्दडाले बताए। एमआई मोबाइलको बजार मूल्य २४ हजार पाँच सय रुपैयाँ रहेको छ। अहिले बुकिङ गर्नेका लागि छुटसहित २३ हजार रुपैयाँमा उपलब्ध भएको मुन्दडाले बताए। सोमबारसम्म बुकिङको समय रहेको कम्पनीले जनाएको छ।
आइपिएस एसिडी टचस्त्रि्कन, १६ एम कलर भएको यो मोबाइल पाँच इन्चको छ। तीन जिबी र्या म, १६ जिबी इन्टर्नल क्यापासिटी छ। कम्पनीका अनुसार यस मोबाइलमा फोटो र भिडियो एडिटर, डकुमेन्ट भ्युअर, भ्वाइस मेमो जस्ता विशेषता छ। मोबाइल सेतो र कालो रङमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
कम्पनीले अनलाइनबाट बिक्रीवितरण तथा बुकिङ गरिरहेको छ। अनलाइन बिक्रीलाई विस्तार गर्ने र डिलक्स नेटवर्क विस्तार गर्दै जाने कम्पनीको योजना छ। एन्ड्रोइड भर्सनमा भएको स्याउमी कम्पनीका मोबाइलमा आफ्नो 'एमआइयुआई प्लेटफर्म' रहने मुन्दडाले बताए। 'यो प्लेटफर्मबाट यस कम्पनीका मोबाइलमा भाइरस, ह्याकलगायत समस्या अनलाइनमार्फत समाधान गरिदिन्छ,' मुन्दडाले भने, 'यसले गर्दा ग्राहकले मोबाइल चलाइरहँदा समस्या पनि आफैं समाधान हुँदै जान्छ।'
एमआर्ई मोबाइलमा एक वर्षको वारेन्टी छ भने ब्याट्री र अन्य केही सामानमा ६ महिनाको ग्यारेन्टी छ।
यसपछि 'रेडमी टु' नामको नयाँ मोडल नेपाली बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ। 'रेडमी टु' मोडलको मूल्य १४ हजार नौ सय रुपैयाँ रहेको छ ।
स्याउमी कम्पनीका मोबाइल सस्तो मूल्यमा उच्च प्रविधि र फिचरका भएकाले विश्वभर मन पराइएको मुन्दडाले बताए। 'विश्व बजारमा अहिले सबैभन्दा छिटो बजार लिइरहेको ब्रान्ड हो स्याउमी,' मुन्दडाले भने। अन्य ब्रान्डले दिने सुविधा त्योभन्दा आधा सस्तो दिन सक्ने भएकाले स्याउमीको बजार बढिरहेको उनको दाबी छ। अरु प्रतिस्पर्धी कम्पनी २० हजारमा दिने फिचरलाई १० हजारमै दिन सक्ने क्षमता स्याउमीसँग भएकाले राम्रो बिक्री भइरहेको मुन्दडाले बताए।
प्रकाशित: ६ चैत्र २०७२ २३:१५ शनिबार





