१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सामसङको 'ग्यालेक्सी ए ८' बजारमा

काठमाडौं-कोरियाली स्मार्टफोन उत्पादक सामसङले सबैभन्दा पातलो स्मार्टफोन 'ग्यालेक्सी ए ८' नेपाली बजारमा बिक्री सुरु गरेको छ। ५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसङले उत्पादन गरेका स्मार्टफोनमध्ये सबैभन्दा पातलो हो।५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्त्रि्कन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ।

'स्टाइलिस डिजाइन र पावरफुल क्यामेराका कारण यो सेगमेन्टमा ग्यालेक्सी ए ८ सबैभन्दा उत्कृष्ट फोन भएको सामसङ मोबाइलका नेपाल प्रमुख प्रणयरत्न स्थापितले बताए। नेपाली बजारमा ५३ हजार ९ सय रुपैयाँ पर्ने यो फोन स्मार्टफोनका पछिल्ला ट्रेन्ड पछ्याउने युवापुस्तालाई लक्षित गरिएको छ।

एन्ड्रोइड ललिपप ५.१.१ भर्सनबाट चल्ने यो स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेर र २ जिबी र्या म रहेको छ। ३२ जिबी आन्तरिक मेमोरी छ भने माइक्रोएसडी मार्फत थप ३२ जिबी मेमोरी थप्न सकिन्छ।

सुपर एमोलेड एचडी प्रविधिमा आधारित ५.७ इन्च स्त्रि्कन रहेको छ। दुईवटा नानो सिमका लाग्ने यो फोनमा एउटा सिम निकालेर त्यसको सट्टा १ सय २८ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ।

१६ मेगापिक्सेलको रेयर क्यामेराले निकै चम्किलो तस्बीर खिच्न सकिन्छ। यसमा फेस डिटेक्सन अलार्म सुविधा पनि छ। ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरामा विभिन्न सेल्फी मोडहरु राखिएको छ। यसमा ३०५० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ।

प्रकाशित: २२ भाद्र २०७२ २०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App