४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

शाहीको गुनासो- जुम्लामा नेटवर्क छैन, संचारमन्त्री ‘फ्री वाइफाइ’ को गफ चुट्छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जुम्ला लगायत कर्णालीका दूरदराजमा मोबाइल टावर भए पनि नेटवर्क नआउने समस्या औंल्याउँदै सञ्चारमन्त्रीको आलोचना गरेका छन्।

सञ्चारमन्त्री जगदीश खरेलको राजधानीका विभिन्न स्थानमा ‘फ्री वाइफाइ’ को घोषणा गरेता पनि दूरदराजका समस्यामा ध्यान नदिएको भन्दै शाहीले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमन्त्रीको आलोचना गरेका हुन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री ‘फ्रि वाइफाइ’ भन्दै गफ चुट्छन्। यो समस्या जुम्लाको मात्र होइन, सिङ्गो कर्णाली र दूरदराजको समस्या हो।’

उनले सरकार र नेतृत्व फेरिए पनि कर्णाली र दुर्गम क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएको बताए। जुनसुकै नयाँ मान्छे र नेतृत्व आए पनि कर्णालीलाई गर्ने व्यवहार उस्तै रहेको उनको आशय थियो।

सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण गराउँदै उनले भनेका छन्, ‘त्यसैले भन्छु- सञ्चारमन्त्रीज्यू गफ चुट्ने होइन, टावर बनाइदिएका छौं, नेटवर्क सञ्चालन गरिदिनुहोस्।’

यो पनि पढ्नुहोस्

टावर ठडियो, नेटवर्क आएन: सञ्चार सुविधा खोज्दै डाँडा धाउन बाध्य जुम्लाका बासिन्दा

प्रकाशित: ९ पुस २०८२ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App