२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेनजीहरूसँग मिलेर जाने बालेनको प्रस्ताव, एकजुट बनाउने जिम्मेवारी रक्षालाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरूसँग मिलेर जाने प्रस्ताव अघि सारेका छन्। उनले आगामी फागुन २१ हुने निर्वाचनका लागि जेनजीहरूसँग मिलेर जाने सोच बनाएका हुन्। जसका लागि बालेनले जेनजी अभियन्ता रक्षा बमलाई जेनजीहरूलाई एकजुट बनाउने जिम्मेवारी दिएका छन‍्।

विचार मिल्ने, मत मिल्ने र आफूतिर आउन चाहने जेनजीहरूलाई एकत्रित गर्नका लागि आफूलाई जिम्मेवारी दिइएको बमले बताइन्।

नागरिकन्युजलाई जानकारी दिँदै उनले भनिन्, 'बालेन जीले जेनजीहरूलाई एकजुट बनाउने जिम्मेवाी मलाई दिनुभएको छ। मत र विचार मिल्नेलाई एकजुट गर्ने प्रमुख दायित्व मेरो हुनेछ।'

बुधबार साँझ भएको छलफलमा बालेनलले बमलाई उक्त जिम्मेवारी दिएका हुन्। बालेनले आफू नेतृत्वको पार्टी बनाएर निर्वाचनमा जाने गृहकार्य अगाडि बढाएका छन्। उनले निर्वाचन आयोगमा दर्ता भएको दलमार्फत चुनावमा होमिने बताइएको छ। उनको चुनाव चिह्न 'लौरो' रहने उनले उल्लेख गरेका छन्।

 

 

 

प्रकाशित: १० पुस २०८२ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App