नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ।
एमाले ताप्लेजुङका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार खुल्लातर्फ सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका अनन्तबहादुर साँवा र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङका लक्ष्मीबहादुर यक्सो रहेका छन्। महिलातर्फ फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका चन्द्रकला खतिवडा भट्टराई रहेकी पोमूले जानकारी दिए।
साँवा एमालेको कोशी प्रदेश सचिवालय सदस्य हुन् भने यक्सो सल्लाहकार परिषद् सदस्य हुन्। खतिवडा एमाले जिल्ला सदस्य हुन्। साँवा र यक्सो दुबै २०७४ सालको स्थानीय तहको निर्वाचनमा क्रमशःसिरिजङ्गा र आठराई त्रिबेणी गाउँपालिकामा एमालेको तर्फबाट पालिका अध्यक्षको प्रतिश्पर्धी थिए। यक्सो र साँवा दुवै शिक्षण पेशाबाट अवकासप्राप्त व्यक्ति हुन्।
यक्सोले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष समेत भएर काम गरेका व्यक्ति हुन्। साँवा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत हुन्। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्न महिला कोटामा दाबी प्रस्तुत गरेकी चन्द्रकलाले सहमतिमा प्रतिनिधि छनौट हुने भएपछि आफ्नो दाबी फिर्ता लिएकी थिइन्।
प्रकाशित: १० पुस २०८२ १२:४३ बिहीबार





