१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

एनसेल डाटामा नयाँ योजना

काठमाडौं- एनसेलले थप विकल्पसहित नयाँ डाटा योजना ल्याएको छ। यसअन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले सुलभ दरमा आवश्यकता बमोजिमको प्याक लिई इन्टरनेट सेवा लिन सक्नेछन्। नयाँ योजनामा एनसेलले दैनिक तथा मासिक प्याकका साथै साप्ताहिक प्याक पनि उपलब्ध गराएको छ। इन्टरनेटमा पहुँचलाई थप सुलभ बनाउन डाटाको मूल्यमा पनि उल्लेख्य समायोजन गरेको छ।


साप्ताहिक प्लानमा ग्राहकले ५० एमबी, १२५ एमबी र २५० एमबी भल्युमका प्याक लिई क्रमशः ७० पैसा, ४८ पैसा र ४४ पैसा प्रति एमबी (कर बाहेक) मा इन्टरनेटको मज्जा लिन सक्ने एनसेलले जनाएको छ।

एनसेलले मासिक प्याक अन्तर्गतको १ हजार एमबी डाटाको मूल्य पनि ६ सय ९९ बाट ५ सय ५० मा घटाएको छ। मासिक प्याकमा अब ग्राहकले २ हजार एमबी तथा ३ हजार एमबीको प्याक पनि लिन सक्नेछन्। २ हजार एमबीको प्याकको मूल्य ४३ पैसा प्रतिएमबी रहेको छ भने ३ हजार एमबीको प्याकको दर ३८ पैसा प्रति एमबी (कर बाहेक) रहेको एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ।

"सुलभ दरमा गुणस्तरीय डाटा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्वता अनुरुप हामीले डाटामा नयाँ योजना ल्याएका छौं। यसले एनसेलका सम्पूर्ण ग्राहकलाई सुपथ मूल्यमा डाटा उपलब्ध गराउँदै इन्टरनेटमा पहुँचलाई बढाउन मद्दत गर्ने विश्वास छ," एनसेलका उपभोक्ता विभागका निर्देशक तिलेक अख्मातोभले भने।

नयाँ डेटा प्लान यही असार ३० बाट लागु हुनेछ। एनसेलका सम्पूर्ण ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी रोजाईको प्याक लिई लाभ लिन सक्छन्।

प्रकाशित: ३० असार २०७२ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App