२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

कलर्सको नयाँ एक्स फ्याक्टर बजारमा

काठमाडौं– कलर्स मोबाइलले एन्ड्रोइड ४.४ किटक्याट नामक आधुनिक प्रविधिमा आधारित स्टाइलिस एक्स फ्याक्टर एक्स १२८ म्याजिक नामक नयाँ स्मार्ट फोन बजारमा ल्याएको छ।


यस मोबाइलको मूल्य १४ हजार ९ सय ९५ रहेको कम्पनीले जनाएको छ। ९६० गुणा ५४० पिक्सेलको सार्प रिजोलुसन सपोर्ट गर्ने ५ इन्चको एचडी आइपिएस स्त्रि्कन भएको यो मोबाइलमा ८ मेगापिक्सलको फ्ल्यास क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको विज्ञप्तिमा जनाइएको छ । ८ जिबी रोम र १ जिबी र्या मयुक्त १.२ गिगा हर्ज क्वाडकोर प्रोसेसर भएकाले यो मोडलका स्मार्ट फोन अरु सामान्य स्मार्ट फोनहरु भन्दा चार गुणा छिटो हुने दाबी गरिएको छ। २००० मेगा हर्जको ब्याट्री भएकाले एफएम प्लेयर लगायत अडियो भिडियो प्लेयरको भरपुर फाइदा लिन सकिने विज्ञप्तिमा छ।

प्रकाशित: ९ पुस २०७१ २२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App