गुगल र एलजी कम्पनीले संयुक्त रुपमा विकास गरेको गुगल नेक्सस फाइभ पाँच इन्चको स्त्रि्कन भएको फोन हो। एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोन गुगल नेक्सस फोर पछि आएको हो। नेक्सस फाइभ कालो र सेतो रंगमा उपलब्ध छ। १६ र ३२ जिबीमा उपलब्ध यो फोन गुगलप्ले मार्फत छानिएका देशमा किन्न सकिन्छ।
एलजी जिटु एलजी इलेक्ट्रोनिक्सले एलजीको अप्टिमस जी स्मार्टफोन र अप्टिमस जिप्रो फ्याब्लेटपछि ल्याएको अत्याधुनिक स्मार्टफोन हो। यो फोनमा एन्ड्रोइडको ४.२.२ जेली बिन अपरेटिङ सिस्टम राखिएको छ। ५.२ इन्चको स्त्रि्कन राखिएको यसमा १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ।
इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले सामसङ ग्यालेक्सी एस फाइभ गत महिना मात्रै नेपालमा सार्वजनिक गरेको हो। यसमा एन्ड्रोइड अपरेटिङ सिस्टम छ। गत वर्ष विश्वबजारमा आएको ग्यालेक्सी एस फोरको नयाँ रुपमा एस फाइभ अप्रिल २०१४ मा संसारका १ सय ५० देशमा सार्वजनिक गरिएको थियो। एस फोरको तुलनामा एस फाइभमा सुधारिएको मोबाइलको बडी, पानी र धुलो निरोधक क्षमता, औंठा छाप प्राइभेट मोड, मुटुको धड्कन नाप्ने मनिटर र अद्यावधिक गरिएको क्यामेरा राखिएको छ। ५.१ इन्चको स्त्रि्कन रहेको ग्यालेक्सी एस फाइभमा १६ मेगा पिक्सेलको क्यामेरा छ।
सोनी एक्सपेरिया जेड टु एन्ड्रोइड स्मार्ट फोन हो। ‘सिरिउस' भनी कोड नाम दिइएको एक्सेरिया जेड टु सोनीले एक्सपेरिया जेड वनको परिमार्जित संस्करणको रुपमा बजारमा ल्याएको छ। पानी र धुलोले विगार्न नसक्ने यो स्मार्टफोनले फोर के आकार र गुणस्तरमा भिडियो खिच्न सक्छ। यो एचडी भन्दा राम्रो भिडियो प्रविधि हो। यो महिना मात्र धेरै बजारमा भित्रिएको यो फोनको स्त्रि्कन आकार ५.२ इन्चको छ भने यसमा २०.७ मेगा पिक्सेलको क्यामेरा छ।
दोस्रो पुस्ताको एचटिसी वन वा अल न्यु एचटिसी वनको रुपमा समेत लिइएको एचटिसी वन एमएट एचटिसी कम्पनीले निर्माण गरी बजारमा ल्याएको एन्ड्रोइड स्मार्टफोन हो। गत मार्च महिनामा बजारमा ल्याइएको यो मोबाइल एचटिसी वनको पहिलो पुस्ताकै डिजाइनमा आएको भए पनि यसमा ५ इन्चको १०८० पीको डिस्प्ले छ भने क्वाडकोर क्वालकम स्न्यापड्रागन ८०१ प्रोसेसर छ। यसको क्यामेरामा भएको डेप्थअफ फिल्ड सेन्सरले खिचिएको फोटो अन्य स्मार्टफोन बाट खिचिएको फोटोको तुलनामा गुणस्तरीय हुने गरेको कम्पनीको दाबी छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९ अमेरिकी डलर रहेको छ।
टेलिटक प्रालिले एचटिसीवान नेपाली बजारमा ल्याउने गरेको छ भने सामसङका मोडलहरु इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले भित्र्याउँछ। सोनी ब्रान्डका स्मार्टफोनहरु नेपा हिमा ट्रेड लिंकले ल्याउने गरेको छ। गुगल नेक्सस फाइभलाई मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बजारमा ल्याउने भएको छ। एलजीले उत्पादन गरेको गुगल नेक्सस फाइभ अहिले विश्व बजारमा धेरै रुचाइएको मोबाइल सेट हो।
प्रकाशित: ३ जेष्ठ २०७१ २२:१५ शनिबार





