सरकारी संस्थानको रुपमा रहेको टेलिकमले प्रतिस्पर्धामा अन्य निजी कम्पनीसँग उत्रनको लागि शुक्रबारको आधा बिदा कटौती गरेको हो। 'अबदेखि शुक्रबार पनि १० देखि ५ बजेसम्म कार्यालयसम्म सुरु भएको छ,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने।
विगतमा टेलिफोन सेवामा एकलौटी वर्चश्व रहेको टेलिकमले अहिले तीनवटा कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ। अहिलेनै प्रतिर्स्धाको लागि थप दुई कम्पनीहरु आइसकेका छन्। सरकारले अर्को मोबाइल कम्पनीलाई लाइसेन्स दिने तया सुरु गरेको छ।
अब टेलिफोनका उपभोक्ताले शुक्रबार पुरै दिन महसुल तिर्ने, सीमकार्ड लिने, परिवर्तन गर्ने लगायतका सुविधा पाउनेछन्। टेलिकमले पनि कर्मचालाई अन्य सरका कार्यालय सरह दिउँसो ३ बजेपछि छुट्टी दिने गरेको थियो।
शुक्रबारपनि कार्यालय पुरै समय खोल्ने निर्णयले टेलिकम साँच्चै कम्पनीमा गएको महसुस उपभोक्तालाई गराएको छ। कर्मचाको कार्यशैली र संस्थागत संरचनामा परिवर्तन गर्ने क्रममा सुरुवाताको रुपमा कार्यालय समय थपिएको हो।
टेलिकम सञ्चालक समितिले शुक्रबार पनि बिहान १० देखि साँझ ५ बजे कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार प्रतिस्पर्धा बढै गएपछि आगामी दिनमा शनिबार पनि काउण्टरहरु खोल्नेसम्मका तया भैरहेको छ। यो विषयमा निर्णय हुन भने बाँकी छ।
गत शुक्रबारदेखिनै अरु दिन सरह कार्यालयहरु खुलेको टेलिकमका कर्मचाहरुले जानका दिएका छन्।
प्रकाशित: ७ कार्तिक २०६६ ०८:२४ शनिबार





